शिक्षा अथवा सिकाइ भन्नाले परिवर्तन वा परिमार्जनलाई बुझाउछ। कुनै व्यक्त्तिले केही कुरा सिके भन्छ भने उसको पुर्व ब्यवहारमा परिवर्तन वा परिमार्जन भएको देखिनु अनिवार्य हुन्छ। मनोबैज्ञानीक भनाइमा शिक्षा भनेको अनुभब को पारीणाम हो। शिक्षा सर्वायापी र निरन्तर हुन्छ। शिक्षा एउटा प्रक्रिया हो र पनि। सिकाइक लागि गरिने हरेक क्रीयाकलाप ( लेख्ने, सोच्ने, र सिक्ने ) प्रकृयाहरु हुन भने त्यसबाट निस्कने ज्ञान, सीप र धारणा त्यसका प्रतिफल हुन।
बाल्-बालिकाको शिक्षा अथवा सिकाइ यत्तिनै उमेरबाट सुरु हुन्छ भन्ने छैन, सुरु उमेरबाट बालबालिकाहरु सिकाइ प्रती जिज्ञासु हुँदै आफ्नो घरबाट बिभिन्न कुराहरु सिकीरहेका हुन्छन। हाल बाल बिकासअको धारणा अनुरुप तीन चार बर्षको उमेरमा बिद्धालयमा भर्ना भए पश्चात बाल-बालिकाहरुलाई औपचारिक शिक्षाको आरम्भ गर्न सकिन्छ।
तर यसरी पच बर्ष भन्दा कमा उमेरका बालबालिकालाई दिइने शिक्षा भने पुस्तकबाट सुगा रटाइ घोकाइ व लेखाइ नभई मनोरन्जन, खेल, काहानी कथा, चुट्किला आदिको माध्यमद्धारा दिईनु पर्दछ। पच बर्ष मुनिका दिईने शिक्षा मौखिक मात्रा हुन अती जरुरी छ। यि उमेरका बाल्-बालिकाहरुलाई लेखाइ, पढाई, र गृहकार्य आदिको बोझ लादिनु राम्रो होइन, कतिपय अभिभवक तथा शिक्षाखरुको बैज्ञानीक शिक्षाको चेतना अभावले गर्दा ३/४ बर्षको उमेरबाट नै आफ्न बालबालिकाहरुले किताब हेरेर धेरै पढ्न र लेख्न सक्नुमा गौरव ठान्दै आफ्नो अबैज्ञानीक सोच एवम् चेतना प्रती आत्मसन्तुस्ती लिने स्वभवको ब्यवहाँर प्रदर्शन गर्न चाहन्छन।
अभिभवक शिक्षक शिक्षिकामात्र नभएर कतिपय सरकारी तथा नीजी बिद्धालयका संचालकहरुले पनि घोकन्ते सुगा रटाइ, भन्न साथ लेख्न र पढ्न सक्ने विद्धामा जोड दिएर आफ्नो बिद्धालयको स्तर माथि उठेको देखाउन चाहन्छन तर यस् प्रकारको शिक्षाले पाच पर्सा मुनीका बालबालिकाहरुको शरीरएेक तथा मानसिक क्षमता बिरुद्ध पढाईको नाम्मा विभिन्न कुठारघात दबाब र दमन भएको जान्नु पर्दछ।
माथि उल्लेखित कार्य पाच बर्ष मुनिका बाल्बालिकामा जवरजस्ती लादिन खोजियो भने बाल मनोबिज्ञान के हो, जानिएन भने र बाल भावना बुझिएन भने बालबालिकहरु बुभिन्न चाहनाहरुको खोजी गर्न वाध्य हुन्छन। बालबालिकाहरु कहिल्यै आफुलाई बिरामी भएको, टाउको पेट दुखेको तथा अन्य शारिरीक कस्ट भएको अभिनय गरेर साच्चैनै बिरामी भएको जस्तो गर्ने, रुने, चिच्याउने र छट्पटाउने आदि बाहानाहरु गर्ने गर्दछन। भन्नुहोस् किन? हाम्रो अबैज्ञानीक चेतना र सोचका करणअले । उधाहरणक लागि ५० किलो बोक्न सक्ने क्षमता भएका ब्यक्तीलाई जबर्जस्ती १०० किलो बोकाउन खोजेको होला? कित त्यो ब्यक्तिनै समाप्त हुन्छ, कित भारिनै मिल्काएर एकातर्फ हिड्छ। त्यसैले कोमल बाल मस्तिस्कमा पनि जथाभाबी घोकन्ते र रटन्ते सिकाइ को बोझ नथपौ। बालबालिकाको रुचिको बिषय के के हो, उनिहरु के सिक्न उत्सुक छन, के सिक्न चाहन्छन तथा के सिकाउनु पर्दछ यि कुराहरु मनोबैज्ञानीक तरिकाबाट बुझ्न जरुरी छ।
जस्तै घरको जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामीले बाल्बालिकाहरुको क्षमता, रुची, अभिरुची, आवश्यक्ता, जिज्ञासा, मनोभावना, स्तर बाल मनोबैज्ञान अनुरुप सिक्न र सिकाउन सके बालबालिकाको दिगो सिकाइ हुनुका साथै भबिस्य उज्ज्वल हुन सक्ने कुरामा हामी विश्वाशत हुन सकिन्छ।
— बिष्णु पौडेल, बुद्धभुमी-२, गोरुसिङ्गे कपिलवस्तु