त्यो दिन अवश्य आउनेछ जुन दिन,
विल गेट्स र माग्ने दाई,
चिया पसलमा मनका कुरा साट्दै हुनेछन् ,
ट्रम्पले पद त्याग्नेछन् र समुन्द्र डिलमा,
डल्फिनको नाच हेर्न मग्न हुनेछन ।
त्यो दिन अवश्य आउनेछ जुन दिन ,
इंजिनीयरहरु बाध्यवाधनका सामग्री
डिजाईन गर्दै हुनेछन् ,
डाक्टरहरु रोगीविहिन अस्पताललाई
संगीत घर बनाउनेछन् ,
र वैज्ञानिक छमछम नाच्नेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन,
पुस्तक विहिन विद्यालयमा विद्यार्थीहरु
परीक्षा विहिन वर्षहरु काट्नेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन ,
कान्तिपुर दैनिक प्रकृतिमय सुन्दर
तस्विरले भरिएको हुनेछ ,
र केवल एउटा सूचना हुनेछ,
जसमा राष्ट्रपति बनिदिन विन्ती गरिनेछ ।
त्यो दिन अवश्य आउनेछ जुन दिन ,
चिडियाघर खाली हुनेछन,
खरायोहरु मानिससंग रम्नेछन्,
र मानिसहरु पान्डाको वस्तीमा पाहुना बस्नेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन,
उद्योगहरु खाली हुनेछन ,
उद्योगपतिले विउ छर्नेछन् र
हिलो छेप्दै धान रोप्नेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन,
पाइलटहरु चंगा उडाउनेछन् ,
विन लादेनहरु लण्डनको सुन्दर गाउमा
गित कोर्दै हुनेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन ,
हिटलरहरु बुद्ध बन्नेछन् ,
ISIS हरु वृक्षारोपण अभियानमा जुट्नेछन्,
माओ र लेनिनहरु
सौचालय निर्माणको अभियान चलाउनेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन,
गोलीको साटो कोइलीको आवाज गुन्जनेछ,
बमको साटो कागले सुन्दर गित गाउनेछ ।
त्यो दिन अवश्य आउनेछ जुन दिन,
अन्डरटेकरहरु रिंगमा कमेडी शो गर्नेछन्,
र दर्सकहरु पेट मिचिमिची हास्नेछन् ।
त्यो दिन अवश्य आउनेछ जुन दिन,
निलआर्मस्ट्रङ्गहरु सगरमाथामा पाइला राख्नेछन्
र हिऊसंग रम्नेछन्,
हिमालले हिऊ फिर्ता पाउनेछन्
र फूलहरु हास्न थाल्नेछन् ।
साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को सुरुवात ! अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ...