ऋतु मलाई सबै याद छ तिम्रो बानी हरु, एक पटक तिमीले आफै भनेकी थियौ होइन र, आफ्नो बानिलाई छन्दबद्ध शैलीमा, मलाई अझैपनि याद छ तिम्रा ती कुराहरु । तिमीले आफ्नो बानीलाई छन्दशैलीमा यसरी बयान गरेकी थियौ ।
म सधै ढिला गर्छु,
म सधै ढिला गर्छु, कसैलाई रुवाउन होस या हसाउन होस,
कसैलाई रिसाउन होस या फकाउन होस,
कहि कतै जान होस या कतैबाट फर्किन होस,
म सधै ढिला गर्छु ।
हो म सधै ढिला गर्छु कसैको प्रेमलाई बुझ्न होस या स्वीकार्न होस,
कसैलाई माया गर्न होस या घृणा गर्न होस,
कसैलाई सम्झिन होस त कसैलाई बिर्सिन होस म सधै ढिला गर्छु ।
एस्तै एस्तै छन्दमा भनेकी थियौ आफ्नो बानिहरुलाई । अनि मलाइ पनि तिम्रो बानिको प्रतिक्रिया छन्दरुपमै दिन मन लाग्थ्यो ऋतु । मलाई भन्न मन लाग्थ्यो
होस गर प्रिय हर कुराको एक निश्चित समय हुन्छ ।
माया होस या मुल, बाध फुट्ने एक निश्चित समय हुन्छ ।।
ढिला, सुस्त र आरामले त कामकाज मात्रै गर्ने हो ।
प्रस्ताव होस या निर्णय, निचोड लिने एक निश्चित समय हुन्छ ।।
बार्गेन त किनमेलमा हुन्छ प्रिय वस्तुको स्तर हेरीकन ।
माया होस या सामान, लाउने र किन्ने एक निश्चित समय हुन्छ ।।
तर तर अफ्सोस मैले भन्न नपाउदै तिम्रो बानी बद्लिएछ । एकाएक तिम्रो बानीमा परिवर्तन आएछ । सायद प्रेम गर्ने मान्छे बद्लिएर होला तिम्रो ढिला गर्ने बानीको रफतार बढेछ । अस्ति भरखर त तिमिले नै भनेकी थियौ ऋतु कसैलाई सम्झन होस त कसैलाई बिर्सिन होस म सधै ढिला गर्छु । तर आज वास्तवमै मैले नै ढिला गरे तिम्रो बानि सुधार्न । यदि समयमै तिम्रो बानी सुधार्न सकेको भए आज तिमी म सँगै हुने थियौ होला र म बिरत्तिएको गौथली जस्तो हुने थिएन होला । हो ऋतु म तिम्रो सम्झनामा तिम्रा मायाहरुलाई केलाउन सधै ढिला गरिरहेछु । म मर्न पनि ढिला नै गरिरहेछु । हो ऋतु म मर्न पनि ढिला नै गरिरहेछ नत्र भने तिम्रो नामको यो सस्मरण कहा लेख्थेर । अन्तमा ऋतु तिमीलाई धेरै धेरै धन्यवाद छ तिम्रो बानी नाशो दिएकोमा । अनि माफि पनि दिनु है ऋतु म तिम्रो यो नासो कहिल्यै फिर्ता गर्न सक्दैन होला अतः सधै ढिला ढिला नै गर्ने छु ।।
साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को सुरुवात ! अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ...