त्यो दिन अवश्य आउनेछ जुन दिन, विल गेट्स र माग्ने दाई, चिया पसलमा मनका कुरा साट्दै हुनेछन् , ट्रम्पले पद त्याग्नेछन् र समुन्द्र डिलमा, डल्फिनको नाच हेर्न मग्न हुनेछन । त्यो दिन अवश्य आउनेछ जुन दिन , इंजिनीयरहरु बाध्यवाधनका सामग्री डिजाईन गर्दै हुनेछन् , डाक्टरहरु रोगीविहिन अस्पताललाई संगीत घर बनाउनेछन् , र वैज्ञानिक छमछम नाच्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन, पुस्तक विहिन विद्यालयमा विद्यार्थीहरु परीक्षा विहिन वर्षहरु काट्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन , कान्तिपुर दैनिक प्रकृतिमय सुन्दर तस्विरले भरिएको हुनेछ , र केवल एउटा सूचना हुनेछ, जसमा राष्ट्रपति बनिदिन विन्ती गरिनेछ । त्यो दिन अवश्य आउनेछ जुन दिन , चिडियाघर खाली हुनेछन, खरायोहरु मानिससंग रम्नेछन्, र मानिसहरु पान्डाको वस्तीमा पाहुना बस्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन, उद्योगहरु खाली हुनेछन , उद्योगपतिले विउ छर्नेछन् र हिलो छेप्दै धान रोप्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन, पाइलटहरु चंगा उडाउनेछन् , विन लादेनहरु लण्डनको सुन्दर गाउमा गित कोर्दै हुनेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन , हिटलरहरु बुद्ध बन्नेछन् , ISIS हरु...