बुद्धभुमी नगरपालिका २, गोरुसिङ्गे निवासी श्री भेषरज पाण्डेलाई ऐले भ्याइ नभ्याइ छ। एक समयमा किराना तथा भाडा पसल जुन हाम्रो पसल नाम ले चर्चित थियो र हाल पनि चर्चित नै छ तर किराना तथा भाडा को लागि नभई दुग्ध परीकार को लागि अझै बढी यो नामको चर्चा परिचर्चा छ।
दुग्ध पारीकारका साथै देउराली दुध डेरीको नाम बाट दिनहु करीब १५० लिटर देखी २५० लिटर सम्म दुध आसपासका कृषि फारम तथा स्थानिय किसानहरुबाट सङ्कलन गरी बिक्री बितरण हुने गरेको पनि भेषराज जी बताउनुहुन्छ । दुधका पारीकारहरु बनाउन सिपालु भेषराज जी आफुमा भएको सीपको सदुपयोग गर्न साथै कृषिक्षेत्रलाई प्रवर्धन गर्न को लागि यो क्षेत्रमा आकर्षित भएको बताउनु हुन्छ।
दुधका परीकारहरु घ्यु, कुराउनी, पनीर, दही, कके आदी खरिदको लागि बनगाइ,भेलाई, पथर्कोट, अर्घाखाँची, बुड्ढी, इमिलिया तथा चन्द्रौटा सम्मका ग्राहकहरु गोरुसिङ्गेको “हाम्रो पसल” मा धाउने गर्छन्। एकै ठाउँमा सबै परीकारहरु पाउने हुँदा ग्राहकहरु खुसी हुनुका साथै अन्एत्र धाउन नपर्ने हुँदा आफुहरुलाई सहज भएको बताउछन।
दुध तथा दुधकापारीकार मात्र नभइ पूजा को सम्पूर्ण सामाग्री हरु पनि एसै पसलमा पाइने गरेको छ। साथैआगामी दिनहरुमा होम डेलीभेरीको सुबिधा पनि प्रदान गर्ने प्रोप्राइटर भेषराज जी ले बताउनुभएको छ।