Skip to main content

अविस्मरणीय क्षण

साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को
सुरुवात !

अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ त ?” मेरो प्रश्नलाई सहजता पुर्वक जवाफ दिन्छिन “म तयार भईसके तिमी आउँदै गर ल !” यति मै हाम्रो फोनको सम्पर्क टुट्छ र केही समय पछी म उनको होस्टलमा पुग्छु र उनी आउँछिन कपाल पछाडि टम्म पर्ने गरी बाधेर अनी त्यो बिर्सन नसकिने मुस्कान, आहा अती नै मोहित दृश्य ! अती नै माया लग्ने स्वभवकी मलाई यि कुराहरुले अती नै मोहित गराउथ्यो ।

“तयार भयौ ?” मैले प्रश्न गरे, उनी मुन्टो हल्लाउदै ईशारामा जवफ दिन्छिन “अ भए” उनको यही आदतहरु मलाई माया लगेर आउथ्यो र म खुशीले पागल भएको थिए । त्यो उमङ्ग त्यो उत्सुक्ता सबै लेखेर समेटिदैनन् शब्दहरु यहाँ । समयको यकिन गर्न सकिन शायद यस्तै अपरान्ह १२ या १ बजेको थियो । हामी दुबै जना निस्कियौ बाईकमा साँगा तर्फ । गन्तब्य थाहा थिएन कहाँ पुग्ने भनेर ! यो पहिलो पटक थियो म उनीसँग यसरी नजिकिएर हिंडेको । दुबैको रहन-सहन, रोजाइ, लाईफस्टाईल तथा यस्तै धेरै कुराहरु केही हद सम्म मिलेको थियो त्यसैले होला यती छिटो हामी नजिकिएको । मौसम घमाइलो र हावा सिरिरी चलेको थियो । लाग्थ्यो यही मौसममा बिलिन भै छुट्टै दुनियाँ बसाउ जस्तो अनुभुती हुन्थ्यो । बाईकमा रमाइला-रमाइला कुरा गर्दै गएका थियौ, बेला-बेला “बाईक बिस्तारै चलाऊ है” भन्ने गर्थिन र मैले “ह्वस” भन्दै बाईक को गती कम गर्थे । मलाई अजै पनि सम्झना छ त्यो पलको बाईक त मैले चलएको थिए तर तेस्को गती नियन्त्रन उनले गरेकी थिइन ।

धुलिखेल आइपुगेपछि पेटमा भोकको अलराम लागेको महसुस भयो र सडक छेवैको खाजा पसल अगाडि बाईक रोकियो। “केही खाउँ है” भन्दै हामी पसल भित्र पस्यौ । पसलमा केही ग्राहक पनि थिए र हामी अगाडि पट्टिको टेबलमा बस्यौ । मैले खुवा र टोस्ट अर्डर गरे र केही छिन्मा आयो पनि । रमाइला-रमाइला गफ गर्दै खाजा खायौ । म उनलाई टोलाएर हेरिरहे र कल्पनामा डुब्न पुगे । सधैं भरी उनलाई यसरीनै हेरिरहुँ, मायाँ गरिरहुँ, सधैं सँगै हात समाएर हिडुँ र सधैं यसरी नै हाँसी खुशी जीवन बिताउ जस्तो । म टोलाएको देखेर उनी के भो भनेर ईशारा गर्थिन र मैले पनि “केही होइन” भनी मुन्टो हल्लाउँथे । मनमा अनेक अनेक कस्मकस चलिरहेको थियो । बिस्राम गरेको धेरै भएको थियो । अब उस्लाई कतै घुमाउन लैजाउँ भन्ने बिचार मनमा गुम्सिरहेको थियो र एक्कासी बाहिर निस्कियो पनि । “कतै जाम न घुम्न” भन्दा उनी भन्थिन “कति बाईकमा मात्रै घुम्ने बरु हिडौँ न एक्छिन ।” उनी कर गर्थिन र म नाइ पनि कसरी भनुँ र ! हामी दुबैजना मुल सडकबाट थोरै भित्र जाने सडकको उकालो तर्फ छेउबाट हिंडिरहेउँ । यसरी उनको हात समाएर हिंड्दा लाग्थ्यो संसारको सारा खुशी सुम्पिदिउँ जस्तो । कता कता डर लगेर आउँथ्यो पनि । यसरी नौलो ठाउँमा हात समाएर हिंड्दा त्यहाँ वरपरका मानिसहरु हामीलाई हेरिरहेका थिए । मलाई अफ्ठेरो महसुस भयो र “जाम फर्किउँ” भने तर उनी अली पर सम्म हिड्न कर गर्छिन। केही क्षण पछी हामी त्यहाँ बाट फर्कियौ र साँगा आइपुग्दा मैले उनलाई प्रश्न गरे, “तिमी शिवको स्मारकमा गको छौ ?” उनी अल्मलिदै जवाफ दिइन “अँ एक चोटि आको थिए धेरै पहिले नै” प्रती प्रश्नमा उनी मलाई सोही प्रश्न गर्छिन “अनी तिमी गको छैनउ त ?” म अली जिस्किदै प्रेम्प्लाबित भावमा जवाफ दिऐ “काठमाडौंको कुनै पनि ठाउँ प्राय: घुमेको छैन । घुमाउन लन्छौ त स्मारकमा मलाई ?” । उनी मायालु पाराले भन्थिन “कस्तो घुमाउने होर ! तिमीले नै घुमाइराको छौ त मलाई बाईकमा !” उनी हाँस्थिन र म पनि सँगै हाँसिदिन्थे । एतिकै ख्याल ख्यालमा स्मारकमा जाने निर्णय गर्यौ ।

पार्किङ एरियामा बाईक पार्क गरी हामी पैदाल स्मारकमा पुग्यौ । सेल्फि तथा फोटोहरु पनि खिच्यौ । समय अघी बडिरहेको थियो । हामी दुबैको मनमा लागि रहयो त्यो दिन कहिलै पनि नबितोस तर समयले कहाँ मान्छ र हेर्दा हेर्दै साझ पो हुन आट्यो । झिसमिस भयो र हामी दुबै फर्कियौ। मैले उनीलाई गर्ल्स होस्टलमा पुर्याएर कोठामा फर्किए । यो सबै भन्दा कहलाउंदो अनी कहिल्लै बिर्सिन नसकिने क्षण मेरो जीवनमा शायदै नआउला !

Popular posts from this blog

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा !

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा । बुद्धभुमी नगरपालिका ३ टाकुमा एनप्यबसन (NPABSAN) द्वार सन्चालित हाजिर जवाफ प्रतियोगितामा कपिलवस्तु, बुद्धभुमी नगरपालिका वडा न २ गोरुसिङ्गे को शान्तिदीप बोर्डिङ स्कुलले प्रथम पुरस्कार हात पार्न सफल भएको छ। मिती २०७५ मङ्शिर १४ गते बुद्धभुमी नगरपालिका ३ टाकुको रिभिरसाइड पब्लिक बोर्डिङ स्कुलमा भएको उक्त्त प्रतियोगितामा जिल्लाका अन्य धेरै स्कुलहरुले शहभागीता जनाएका थिए।

महाशिवरात्री विशेष "शिव ताण्डब स्ताेत्रम्"

शिव ताण्डव काे महत्व । हिन्दू धर्ममा शिव तांडव स्तोत्रमको एकदमै प्रभावशाली महत्त्व छ, जसरी भगवानहरूका भगवान महादेवलाई पनि परमेश्वरहरुमा उच्च स्थान दिइएको छ, त्यस्तै गरी यस स्तोत्रलाई पनि विशेष मानिन्छ। याे विश्वास छ कि शिव तांडव स्तोत्र जप गरेर भगवान शिव चाँडै नै प्रसन्न हुन सक्नुहुन्छ र उहाँबाट इच्छित वरदान प्राप्त गर्न सक्नुहुन्छ। शिव ताण्डवकाे उत्पती । यस संसारमा, शिवको पहिलो भक्तहरु मध्ये, पहिलो लंकाधिपति रावणलाई चिनिन्छ। रावण शिवका एक महान भक्त थिए र भोलेनाथलाई खुशी पार्न एक पटक उनले शिव तांडव स्तोत्रको जप गरे। हिन्दू पौराणिक कथा अनुसार, जब रावणले सम्पूर्ण पृथ्वी र देवलोकमाथि आफ्नो प्रभुत्व जमाए तब कैलाश पर्वतलाई हराउने विचार पनि उनको दिमागमा आयो। जब रावणले कैलाश पर्वतलाई आफ्नो शक्तिमा उचाल्न थाले, त्यति नै बेला प्रभु शिवले कैलास पर्वतलाई दबाउन आफ्नो औंलाको प्रयोग गर्‍यो, जसको कारण रावणले उनलाई सार्न पनि सकेनन्। त्यसपछि उनले शिवलाई प्रसन्न पार्न भगवान शिवकाे प्रशंसा गरे जसलाई शिव तण्डव स्तोत्र पनि भनिन्छ। ताण्डवकाे अर्थ शिव तांडव स्तोत्रको बारेमा पूर्ण जानकारी प्राप्त गर्नु अघि...