साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को सुरुवात ! अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ...