जब तिमी मेरो साथ छौ भन्ने आभास हुन्छ
यहीँ कुरा मेरो लागि हरदम खास हुन्छ
विस्वास भन्ने कुरा पनि एक झुठ जस्तै हो
झुठ बोले मात्रै झुठ बोलेको विस्वास हुन्छ
मान्छेहरु खै, के कुराले दु:खी भईरहन्छ्न्
आफ्नो कुरा खोल्न नपाए पो अट्टहास हुन्छ
एकाध मान्छे यदाकदा मर्ने कोशिस गर्छन्
मृत्यु पनि कसै-कसैलाई त अभ्यास हुन्छ
छोरा ठूलो भएपछि ईमान्दार बन्न खोज्छ,
आमाको आँखामा छोरा सधैं बदमास हुन्छ
तपन जि:एम लोफर,
गुल्मी