“एक जीवन अनेक रङ्ग”
मलाई रङ्ग मन पर्छ,
यो अर्थमा मैले रङ्गहीनताको खुलेर बखान गर्न सक्छु ।
मलाई रङ्ग मन पर्दैन भन्नेहरु
जीवनको एक कट्मैरो रङ्गसङ्ग जिन्दगी साट्छ्न ,
या” हरेक दिनका विसङ्गत साँझहरु, सङ्ग
खै
कुन तटको लालसा लिएर बाँच्छ्न ।
तर,
यी रङ्गीन शहरहरुमा मान्छेहरु
हाँस्न छोडेका छैनन्
रुन छोडेका छैनन्
अझ भनौं ,
बाँच्न छोडेका छैनन्
मैले त
जीवनको एक रङ्ग त्यहीँ बाचिदिएँ ।
हो,
मलाई रङ्ग मन पर्छ ।
यसर्थमा,!!
कि ,
मैले बचपनको काखमा एक बिहान निदाईरहदा
खोपीको पर्दाको एक छेउबाट
पहाडको लेकै-लेक भएर
एक घाम बिहानी पख सुस्केरा हाल्दै
मेरो घरको पारी…………. पट्टि
समय ओढेर
लतमन्न सुतेको आकाशमुनि
सेतै हाँसीरहने धौलागिरी हिमालमा अढेस लाउन
आएको देखेको छु ।
“घरको भित्तामा
बर्षौदेखी एकै ठाउँमा सजिएको
बा ‘को तस्विर जसरी ”
चुपचाप, निर्लज्ज हाँसिरहने हिमाल सामु
घामका लालीमाहरु
सायद,
आफ्ना इन्द्रेणी रङ्ग लेपन गर्छ्न ।
मैले पनि अर्को जीवनको एक रङ्ग फेरि त्यही बाँचिदिए ।”
रङ्ग मन पर्नुको
अर्को तीक्तता जिन्दगी र जीवन सङ्गको सम्बन्धले निर्धारण गर्दोरहेछ ।
मलाई सबैभन्दा बढी मन पर्ने रङ्ग
मेरी आमा र पृयसीकोहाँसो हो ।
जीवनको यो कालखण्ड सम्म आईपुग्दा
मैले जिन्दगीलाई हजारौं रङ्ग घोलेर
रङ्गीन बनाएको छु ।
हो,,
“कहिलेकाही बेग्लै हुन्छ्न रङ्गहरु पनि ।
बिसौनीमा पर्खिएको पहिलो प्रेमको रङ्ग,
मरुभूमिमा छ्यालब्याल्ती पोखिएको
परदेशीको सपनाको रङ्ग,
आमाको छातिमा दम र खोकीले बनाएको घरको रङ्ग
र …
अलिकति आँखामा सजिएको आफ्नै मृत्युको रङ्गसङ्ग
जिन्दगी चोबलेर
म कसरी बाँच्न सक्छु बेरङ्गी भएर !
हो,
यसैले मलाई रङ्ग मनपर्छ ।
“जिवनको लिफाफाभित्र
अभावले सिकाएको जिन्दगीको एक रङ्ग जस्तै
भुइँलाई पैतालाले टेकसो हालेर बनाएको भरोसाको रङ्गसङ्ग
सम्बधको गहिरो दह बीच
तिर्मिर जिन्दगी पौडिरहे ।
कहिले अविश्वासको खोल ओड्नेहरु सङ्ग
कहिले विश्वासको भर्याङ्ग चढ्नेहरु सङ्ग ।”
हो ,
मैले फेरि एक जीवन अनेक रङ्ग भएर बाँचे ।
लोफर,,