Skip to main content

समर्पणको "म पागल हुँ"

हो म पागल हुँ,
अरु भन्दा भिन्न छु,
उफ्रेर आकाश छुन खोज्छु,
उद्देश्य ब्रह्मान्ड डुल्ने राख्छु,
त्यसैले त म पागल हुँ, अरु भन्दा भिन्न गर्छु ।
तिमी चरित्र हेर्छौ, म चरित्र भित्रको बाध्यता हेर्छु,
तिमी संगीतमा रम्छौ, म संगीत भित्रको शब्द खोज्छु,
तिमी बाहिरी छालाको रङ देख्छौ, म  भित्र स्वच्छ मन देख्छु,
त्यसैले त म पगाल हुँ, अरु भन्दा भिन्न देख्छु,

Popular posts from this blog

अविस्मरणीय क्षण

साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को सुरुवात ! अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ...

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा !

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा । बुद्धभुमी नगरपालिका ३ टाकुमा एनप्यबसन (NPABSAN) द्वार सन्चालित हाजिर जवाफ प्रतियोगितामा कपिलवस्तु, बुद्धभुमी नगरपालिका वडा न २ गोरुसिङ्गे को शान्तिदीप बोर्डिङ स्कुलले प्रथम पुरस्कार हात पार्न सफल भएको छ। मिती २०७५ मङ्शिर १४ गते बुद्धभुमी नगरपालिका ३ टाकुको रिभिरसाइड पब्लिक बोर्डिङ स्कुलमा भएको उक्त्त प्रतियोगितामा जिल्लाका अन्य धेरै स्कुलहरुले शहभागीता जनाएका थिए।

महाशिवरात्री विशेष "शिव ताण्डब स्ताेत्रम्"

शिव ताण्डव काे महत्व । हिन्दू धर्ममा शिव तांडव स्तोत्रमको एकदमै प्रभावशाली महत्त्व छ, जसरी भगवानहरूका भगवान महादेवलाई पनि परमेश्वरहरुमा उच्च स्थान दिइएको छ, त्यस्तै गरी यस स्तोत्रलाई पनि विशेष मानिन्छ। याे विश्वास छ कि शिव तांडव स्तोत्र जप गरेर भगवान शिव चाँडै नै प्रसन्न हुन सक्नुहुन्छ र उहाँबाट इच्छित वरदान प्राप्त गर्न सक्नुहुन्छ। शिव ताण्डवकाे उत्पती । यस संसारमा, शिवको पहिलो भक्तहरु मध्ये, पहिलो लंकाधिपति रावणलाई चिनिन्छ। रावण शिवका एक महान भक्त थिए र भोलेनाथलाई खुशी पार्न एक पटक उनले शिव तांडव स्तोत्रको जप गरे। हिन्दू पौराणिक कथा अनुसार, जब रावणले सम्पूर्ण पृथ्वी र देवलोकमाथि आफ्नो प्रभुत्व जमाए तब कैलाश पर्वतलाई हराउने विचार पनि उनको दिमागमा आयो। जब रावणले कैलाश पर्वतलाई आफ्नो शक्तिमा उचाल्न थाले, त्यति नै बेला प्रभु शिवले कैलास पर्वतलाई दबाउन आफ्नो औंलाको प्रयोग गर्‍यो, जसको कारण रावणले उनलाई सार्न पनि सकेनन्। त्यसपछि उनले शिवलाई प्रसन्न पार्न भगवान शिवकाे प्रशंसा गरे जसलाई शिव तण्डव स्तोत्र पनि भनिन्छ। ताण्डवकाे अर्थ शिव तांडव स्तोत्रको बारेमा पूर्ण जानकारी प्राप्त गर्नु अघि...