Skip to main content

Posts

Showing posts from November, 2018

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा !

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा । बुद्धभुमी नगरपालिका ३ टाकुमा एनप्यबसन (NPABSAN) द्वार सन्चालित हाजिर जवाफ प्रतियोगितामा कपिलवस्तु, बुद्धभुमी नगरपालिका वडा न २ गोरुसिङ्गे को शान्तिदीप बोर्डिङ स्कुलले प्रथम पुरस्कार हात पार्न सफल भएको छ। मिती २०७५ मङ्शिर १४ गते बुद्धभुमी नगरपालिका ३ टाकुको रिभिरसाइड पब्लिक बोर्डिङ स्कुलमा भएको उक्त्त प्रतियोगितामा जिल्लाका अन्य धेरै स्कुलहरुले शहभागीता जनाएका थिए।

तपन जि. एम. को कबिता "एक जीवन अनेक रङ्ग"

“एक जीवन अनेक रङ्ग” मलाई रङ्ग मन पर्छ, यो अर्थमा मैले रङ्गहीनताको खुलेर बखान गर्न सक्छु । मलाई रङ्ग मन पर्दैन भन्नेहरु जीवनको एक कट्मैरो रङ्गसङ्ग जिन्दगी साट्छ्न , या” हरेक दिनका विसङ्गत साँझहरु, सङ्ग खै कुन तटको लालसा लिएर बाँच्छ्न । तर, यी रङ्गीन शहरहरुमा मान्छेहरु हाँस्न छोडेका छैनन् रुन छोडेका छैनन् अझ भनौं , बाँच्न छोडेका छैनन् मैले त जीवनको एक रङ्ग त्यहीँ बाचिदिएँ । हो, मलाई रङ्ग मन पर्छ । यसर्थमा,!! कि , मैले बचपनको काखमा एक बिहान निदाईरहदा खोपीको पर्दाको एक छेउबाट पहाडको लेकै-लेक भएर एक घाम बिहानी पख सुस्केरा हाल्दै मेरो घरको पारी…………. पट्टि समय ओढेर लतमन्न सुतेको आकाशमुनि सेतै हाँसीरहने धौलागिरी हिमालमा अढेस लाउन आएको देखेको छु । “घरको भित्तामा बर्षौदेखी एकै ठाउँमा सजिएको बा ‘को तस्विर जसरी ” चुपचाप, निर्लज्ज हाँसिरहने हिमाल सामु घामका लालीमाहरु सायद, आफ्ना इन्द्रेणी रङ्ग लेपन गर्छ्न । मैले पनि अर्को जीवनको एक रङ्ग फेरि त्यही बाँचिदिए ।” रङ्ग मन पर्नुको अर्को तीक्तता जिन्दगी र जीवन सङ्गको सम्बन्धले निर्धारण गर्दो...

गजल

जब तिमी मेरो साथ छौ भन्ने आभास हुन्छ यहीँ कुरा मेरो लागि हरदम खास हुन्छ विस्वास भन्ने कुरा पनि एक झुठ जस्तै हो झुठ बोले मात्रै झुठ बोलेको विस्वास हुन्छ मान्छेहरु खै, के कुराले दु:खी भईरहन्छ्न् आफ्नो कुरा खोल्न नपाए पो अट्टहास हुन्छ एकाध मान्छे यदाकदा मर्ने कोशिस गर्छन् मृत्यु पनि कसै-कसैलाई त अभ्यास हुन्छ छोरा ठूलो भएपछि ईमान्दार बन्न खोज्छ, आमाको आँखामा छोरा सधैं बदमास हुन्छ तपन जि:एम लोफर, गुल्मी

गजल

चप्पल बोकेर बेप्रवाह हिडिदिन्छ जोर पैताला सम्हालिएर हिड्थ्यो हिड्थ्यो भने खाली खुट्टा थियो एउटा सिङ्गो ऎनाको कमी कमीनै रह्यो भेटिएका थिए हजारौ भेटिन त ऎनाका टुक्रा एउटा ढिक्का बरफ रहेछ प्रेम भन्नू पानीको छिन् भरमै पग्लीदिन्छ एउटै थोपा पानी पर्दा नपर्ने रहेछ कहिल्यै उल्ट्याउन अरुलाई जस्तो यो जिन्दगीलाई शुन्य बनाइ ऎना भित्र राख्दा.. नारायण पौडेल दीप चितवन

कविता

. सबै कुरा भएर पनि केहि नभएजस्तो उदास मन कति उराठ हुँदो रैछ। -टोपी भएर शिर नभएजस्तो -गमला भएर फूल नभएजस्तो -बादल भएर बर्षा नभएजस्तो -बा भएर आमा या आमा भएर बा नभएजस्तो जिन्दगी साँच्चै रित्तो र शून्य छ। रित्ता हातका औँलाहरु दगुरिरहन्छन्, र केहि लेखिरहन्छन् किबोर्डका धर्काहरुले बा। आई मिस यू आमा। आई लभ यू.. मलाई एकपटक हेर्ने इच्छा छ। -डराइडराइ कमेरो खन्ने त्यो खाडल -नाङ्गै नाङ्गै दगुर्ने त्यो बाल्यकाल -भूँडी सेकिने गरी हाम फाल्ने ती दरौँखोलाका अक्करहरु, के महसुस हुन्छ? मेरो खुट्टामा काँढा बिझ्दा पैले आमा दगुर्दै आउँथिन्, फुकाउँथिन् गाँठो पारेको पटुकी र निकाल्थिन् मसिनो सियो, ऐया! भन्दै म चिच्याउँथेँ, फु-फु गर्दै आमा सम्हाल्थिन्,बडो जतनले मेरा संकष्टहरु मलाई एकपटक फेरी रुन मन छ। -आमाको बिगौँती दुध चुस्न -बाको काँधबाट फराकिलो संसार चियाउन -नयाँ किताब पाउन र स्कुल कुद्न, ती दिनहरु कहिल्यै फर्केर आएनन्, भोकाए रोइदिए पुग्थ्यो मन लागे हाँसिदिए हुन्थ्यो दिसामा गुडुल्किएर पिसाबमै रुमलिँदा सन्तुष्टि मिल्थ्यो, ती महसुसहरु,ती अनुभूतिहरु पूराना लाग्दैनन्। ठूलो फाँटमा जुधेर सिङ फुक्लेका हल गोरु थकैलाक...

संस्मरण

मेरो सध्ये खुट्टो बेसरम खुँडो भयो,बलियो हड्डी मजाले टुक्रिँदै फुट्यो। दुई खुट्टाले टेक्ने सग्लो मान्छेको अब सहारा बैशाखी बन्ने पक्का भयो। बुढेसकालको सहारा हजुरबाको मेलको लौरो संझिएँ,पितलको काँजो हालेको लौरो टेक्दै हजुरबा घर खेत गर्नुहुन्थ्यो। कति बलिया थिए हजुरबाका पाइला,कति खडिखम्बा थिए त्यो लौरीका डोबहरु.. के यो बैशाखीमा म पहिले जस्तै गरी हिँड्न सकुँला? के यसले मलाई सग्ला खुट्टाकै जस्तो आड देला? मेरो मनमा कताकता बादलका टुक्राहरु आए, आकाश रोएझैँ मेरो मन पनि रोयो,रोए आँखाहरु,केहि ढिक्का आँसुहरु खस्दै मेरो कानको प्वालसम्म पुगे। मैले हातले पन्छाएझैँ कानका आँसुहरु पुछेँ। बगिरहून्,आज मैले आँसुहरु रोकिन,मैले रोकेर पनि त रोकिन्नन्। चाहँदैमा हुने भए सधैँ दिन भैरहन्थ्यो,अँध्यारो रात किन पो आउँथ्यो र? हरेक मान्छेले खुसि र आनन्द मात्रै रोज्थे। पीडाबाट गुज्रन कसलाई पो रहर हुन्छ? सबै बाँचिरहन खोज्थे,को पो मर्न चाहन्थ्यो। मैले फर्केर घर हेरेँ, छानो उस्तै चुहिरहेछ,पानीका तप्काहरु बर्षेनी खस्छन् र धार बनाउँदै भित्ता रुझाउँछन्। चिसो भित्तोमा अढेस लगाएका केहि चिसा दाउरा निकाल्दै मेरी आमा आगो फू-फू गर्छ...

अनि म कविता लेख्नेछु

जब शिकारीको मुटुमा दियो बल्नेछ मयुरका भयभित पखेटा निर्धक्क नाच्नेछन् हरिण र मृगहरू निसंकोच डुल्नेछन् सुगाहरु पिंजडाको कथा भुल्नेछन् गुराषहरु कोइली धुनमा मोहित हुनेछन् अनि म कविता लेख्नेछु |   जब जुठो भाडा माज्ने सानो भाई भन्नेछ दाई मैले होटेल छाडेनि , अब आमासंग बस्ने ! भट्टीका इट्टा बोक्ने सानी बहिनि बोल्नेछिन दाई म पनि स्कुल जान थाले नी ! अनि म कविता लेख्नेछु |   जब युद्ध मैदानमा सेतो परेवा उड्नेछ परिवार पाल्न खाडी पसेको साथीले भन्नेछ साथी ! आज साहुले तलब दियो नि ! अनि म कविता लेख्नेछु |   जब वृद्धआश्रमकि आमा लिन छोरो पुग्नेछ भूकम्पले एक्लाएकी नावालिका , मुसुक्क हास्नेछिन् भ्रस्टाचारीको होश खुल्नेछ अनि शिर नुग्नेछ युद्धमा बेपत्ता छोरो घर पुग्नेछ अनि म कविता लेख्नेछु |   जब जडभुमि जलको स्पर्शले मग्न हुनेछ रौद्रभै बग्ने नदि शान्त हुनेछन् जब किसानले हर्षको गीत गाउनेछ पीडाले छटपटीएको गरिव , सिटामोल पाउनेछ अनि म कविता लेख्नेछु |   जब फोहोर टिप्ने हातहरु कलम टिप्नेछन् जब चाउरि परेको अनुहारमा मुस्कान हुनेछ सडकपेटीमा माग्ने बृद्धहात , आशिर्वाद दिनेछन् मानवताको विउ अंकु...

समर्पणको गजल रचना "रात परे पछी"

मायाजालले बेरु लाग्छ रात परे पछी ! तस्वीर हेरु- हेरु लाग्छ रात परे पछी !! यि आँखाले टिप्ने गर्छ वयान रुपरङ्गको ! डायरीमा उतारु लाग्छ रात परे पछी !! जिन्दगीका हरेक कोरा कागजहरुमा ! तिम्रै नाम कोरु लाग्छ रात परे पछी !! काल्पनिक  मायाका ठुला शहरहरुमाझ ! बसाइ नै सरु लाग्छ रात परे पछी !! अबिश्वास र घृणाको अन्धकारमय दुनिया ! दियो ‘ज्योति’ फेरु लाग्छ रात परे पछी!!

Reality of technical education in Nepal

We are living in a technological age. The development of technology directly reflects the development of country so the technical education of the country reflects its development. The history of technical education is ancient but the modern technical education begin since 1200 with the establishment of Oxford and Cambridge University. Moreover, from 1900 onward, due to the rapid technological revolution it has become the vital aspect of the human civilization. Since the world without technology is unimaginable, so technical education plays a pivotal role to fulfill the need of modern era and to improve living standard of human being. Its development was given top priority since 1900 due to which we got to see the technological revolution. It is now impacting every phase of human life. The need of technical education for the development of socio-economic and other field must be obvious to all of us. Nepal has no longer history of technical education. Beginning of modern technical educa...

समर्पणको "म पागल हुँ"

हो म पागल हुँ, अरु भन्दा भिन्न छु, उफ्रेर आकाश छुन खोज्छु, उद्देश्य ब्रह्मान्ड डुल्ने राख्छु, त्यसैले त म पागल हुँ, अरु भन्दा भिन्न गर्छु । तिमी चरित्र हेर्छौ, म चरित्र भित्रको बाध्यता हेर्छु, तिमी संगीतमा रम्छौ, म संगीत भित्रको शब्द खोज्छु, तिमी बाहिरी छालाको रङ देख्छौ, म  भित्र स्वच्छ मन देख्छु, त्यसैले त म पगाल हुँ, अरु भन्दा भिन्न देख्छु,

जीवन शर्माको "भो कुरै नगरम्"

बेसरी मन रोला भो कुरै नगरम् सोचेजस्तो नहोला भो कुरै नगरम् यहाँ चामल र सुन उस्तै उस्तै हुन् किलो किन्नू या तोला भो कुरै नगरम् कति मरे कति अपाङ्ग बनेकाथे पड्की बम र गोला भो कुरै नगरम् साँझबिहान गरिबको चिन्ता खाना हो कैले फेरिन्छ चोला भो कुरै नगरम् मूर्खका सवालहरु यस्ता नि हुन्छन् उकालो बग्छ खोला भो कुरै नगरम् अरे भाई, नयाँ नेपाल यहि हो के ऋण झोलाका झोला भो कुरै नगरम् — जीवन शर्मा अर्याल स्याङ्जा

जीवन शर्माको "हजुरकै लागि हो"

नयनमाथि गाजल हजूरकै लागि हो नजरहरू चंचल हजूरकै लागि हो यसले जिन्दगी झन् रंगीन बनाईदिन्छ प्याला थप्नुस् बोतल हजूरकै लागि हो फाट्छ कि यही डर छ,संझनाको कोसेली पछ्यौरी यो मलमल हजूरकै लागि हो संकटभित्र सन्तुष्टि खोज्नूपर्छ भन्नूभो, जगाएको आत्मबल हजूरकै लागि हो भन्नेहरू गर्दैनन् रे गर्नेहरू भन्दैनन् याद आउँछ पलपल हजूरकै लागि हो न त प्रेम रोकियो न त प्रेम अन्त्य भयो पलाउँछ अबिरल हजूरकै लागि हो यतै कतै “जीवन”सँग जिन्दगी बुझ्नूछ असफल या सफल हजूरकै लागि हो

शिक्षा र बालबालिका

शिक्षा अथवा सिकाइ भन्नाले परिवर्तन वा परिमार्जनलाई बुझाउछ। कुनै व्यक्त्तिले केही कुरा सिके भन्छ भने उसको पुर्व ब्यवहारमा परिवर्तन वा परिमार्जन भएको देखिनु अनिवार्य हुन्छ। मनोबैज्ञानीक भनाइमा शिक्षा भनेको अनुभब को पारीणाम हो। शिक्षा सर्वायापी र निरन्तर हुन्छ। शिक्षा एउटा प्रक्रिया हो र पनि। सिकाइक लागि गरिने हरेक क्रीयाकलाप ( लेख्ने, सोच्ने, र सिक्ने ) प्रकृयाहरु हुन भने त्यसबाट निस्कने ज्ञान, सीप र धारणा त्यसका प्रतिफल हुन। बाल्-बालिकाको शिक्षा अथवा सिकाइ यत्तिनै उमेरबाट सुरु हुन्छ भन्ने छैन, सुरु उमेरबाट बालबालिकाहरु सिकाइ प्रती जिज्ञासु हुँदै आफ्नो घरबाट बिभिन्न कुराहरु सिकीरहेका हुन्छन। हाल बाल बिकासअको धारणा अनुरुप तीन चार बर्षको उमेरमा बिद्धालयमा भर्ना भए पश्चात बाल-बालिकाहरुलाई औपचारिक शिक्षाको आरम्भ गर्न सकिन्छ। तर यसरी पच बर्ष भन्दा कमा उमेरका बालबालिकालाई दिइने शिक्षा भने पुस्तकबाट सुगा रटाइ घोकाइ व लेखाइ नभई मनोरन्जन, खेल, काहानी कथा, चुट्किला आदिको माध्यमद्धारा दिईनु पर्दछ। पच बर्ष मुनिका दिईने शिक्षा मौखिक मात्रा हुन अती जरुरी छ। यि उमेरका बाल्-बालिकाहरुलाई लेखाइ, पढाई, र ग...