Skip to main content

Posts

Showing posts from December, 2017

अविस्मरणीय क्षण

साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को सुरुवात ! अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ त ?” मेरो प्रश्न...