Skip to main content

Posts

त्यो दिन अवश्य आउनेछ

त्यो दिन अवश्य आउनेछ जुन दिन, विल गेट्स र माग्ने दाई, चिया पसलमा मनका कुरा साट्दै हुनेछन् , ट्रम्पले पद त्याग्नेछन् र समुन्द्र डिलमा, डल्फिनको नाच हेर्न मग्न हुनेछन । त्यो दिन अवश्य आउनेछ जुन दिन , इंजिनीयरहरु बाध्यवाधनका सामग्री डिजाईन गर्दै हुनेछन् , डाक्टरहरु रोगीविहिन अस्पताललाई संगीत घर बनाउनेछन् , र वैज्ञानिक छमछम नाच्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन, पुस्तक विहिन विद्यालयमा विद्यार्थीहरु परीक्षा विहिन वर्षहरु काट्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन , कान्तिपुर दैनिक प्रकृतिमय सुन्दर तस्विरले भरिएको हुनेछ , र केवल एउटा सूचना हुनेछ, जसमा राष्ट्रपति बनिदिन विन्ती गरिनेछ । त्यो दिन अवश्य आउनेछ जुन दिन , चिडियाघर खाली हुनेछन, खरायोहरु मानिससंग रम्नेछन्, र मानिसहरु पान्डाको वस्तीमा पाहुना बस्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन, उद्योगहरु खाली हुनेछन , उद्योगपतिले विउ छर्नेछन् र हिलो छेप्दै धान रोप्नेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन, पाइलटहरु चंगा उडाउनेछन् , विन लादेनहरु लण्डनको सुन्दर गाउमा गित कोर्दै हुनेछन् । त्यो दिन अवश्य आउनेछ जुन दिन , हिटलरहरु बुद्ध बन्नेछन् , ISIS हरु...
Recent posts

"ऋतु" एउटा बानीले निम्त्याएको वियोग ।

ऋतु मलाई सबै याद छ तिम्रो बानी हरु, एक पटक तिमीले आफै  भनेकी थियौ होइन र, आफ्नो बानिलाई छन्दबद्ध शैलीमा, मलाई अझैपनि याद छ तिम्रा ती कुराहरु । तिमीले आफ्नो बानीलाई छन्दशैलीमा यसरी बयान गरेकी थियौ । म सधै ढिला गर्छु, म सधै ढिला गर्छु, कसैलाई रुवाउन होस या हसाउन होस, कसैलाई रिसाउन होस या फकाउन होस, कहि कतै जान होस या कतैबाट फर्किन होस, म सधै ढिला गर्छु । हो म सधै ढिला गर्छु कसैको प्रेमलाई बुझ्न होस या स्वीकार्न होस, कसैलाई माया गर्न होस या घृणा गर्न होस, कसैलाई सम्झिन होस त कसैलाई बिर्सिन होस म सधै ढिला गर्छु । एस्तै एस्तै छन्दमा भनेकी थियौ आफ्नो बानिहरुलाई । अनि मलाइ पनि तिम्रो बानिको प्रतिक्रिया छन्दरुपमै दिन मन लाग्थ्यो ऋतु । मलाई भन्न मन लाग्थ्यो होस गर प्रिय हर कुराको एक निश्चित समय हुन्छ । माया होस या मुल, बाध फुट्ने एक निश्चित समय हुन्छ ।। ढिला, सुस्त र आरामले त कामकाज मात्रै गर्ने हो । प्रस्ताव होस या  निर्णय, निचोड लिने एक निश्चित समय हुन्छ ।। बार्गेन त किनमेलमा हुन्छ प्रिय वस्तुको स्तर हेरीकन । माया होस या सामान, लाउने र किन्ने एक निश्चित समय हुन्छ ।। तर तर अफ्सोस मैले भन्न नपा...

महाशिवरात्री विशेष "शिव ताण्डब स्ताेत्रम्"

शिव ताण्डव काे महत्व । हिन्दू धर्ममा शिव तांडव स्तोत्रमको एकदमै प्रभावशाली महत्त्व छ, जसरी भगवानहरूका भगवान महादेवलाई पनि परमेश्वरहरुमा उच्च स्थान दिइएको छ, त्यस्तै गरी यस स्तोत्रलाई पनि विशेष मानिन्छ। याे विश्वास छ कि शिव तांडव स्तोत्र जप गरेर भगवान शिव चाँडै नै प्रसन्न हुन सक्नुहुन्छ र उहाँबाट इच्छित वरदान प्राप्त गर्न सक्नुहुन्छ। शिव ताण्डवकाे उत्पती । यस संसारमा, शिवको पहिलो भक्तहरु मध्ये, पहिलो लंकाधिपति रावणलाई चिनिन्छ। रावण शिवका एक महान भक्त थिए र भोलेनाथलाई खुशी पार्न एक पटक उनले शिव तांडव स्तोत्रको जप गरे। हिन्दू पौराणिक कथा अनुसार, जब रावणले सम्पूर्ण पृथ्वी र देवलोकमाथि आफ्नो प्रभुत्व जमाए तब कैलाश पर्वतलाई हराउने विचार पनि उनको दिमागमा आयो। जब रावणले कैलाश पर्वतलाई आफ्नो शक्तिमा उचाल्न थाले, त्यति नै बेला प्रभु शिवले कैलास पर्वतलाई दबाउन आफ्नो औंलाको प्रयोग गर्‍यो, जसको कारण रावणले उनलाई सार्न पनि सकेनन्। त्यसपछि उनले शिवलाई प्रसन्न पार्न भगवान शिवकाे प्रशंसा गरे जसलाई शिव तण्डव स्तोत्र पनि भनिन्छ। ताण्डवकाे अर्थ शिव तांडव स्तोत्रको बारेमा पूर्ण जानकारी प्राप्त गर्नु अघि...

अविस्मरणीय क्षण

साच्चै नै अन्मोल थियो त्यो पल, जब मन्द मुस्कान सहित मुस्कुराइ रहेको थिए। शायद त्यो पल देखी मेरो जीवनशैलीमा एक प्रकारको नयाँ परिवर्तन महसुस भएको थियो, र यसरी भयो मेरो त्यो पल को सुरुवात ! अफिसको बिदाको दिन थियो। दिन कसरी बिताउ ? सधैंको ल्यापटप र मोबाईल मात्रै, हिजो फिस्टु सँग बाहिर कतै घुम्न जाने योजना भएको थियो । फिस्टु मैले काम गर्ने अफिस कै स्टाफ हो । उस्लाई म बिगत केही महिना देखी मन पराउन थालेको थिए। उस्को त्यो फिस्टे जस्तो ज्युडाल, त्यसमाथी कल्कलाउदो कालो केश, मिनाक्षीका जस्ता आँखा र उर्बशी को जस्तो मुस्कान। साच्चै भनौ कि धर्ती कि अप्सरा, र म एस्कदम मोहित हुन्थे कि मानौ बर्षा पछिको दृष्यमा मोहित भएजस्तो। तर म उनलाई भन्न सकेको थिएन कि म तिमीलाई मन पराउँछु भनेर। डर लाग्थ्यो कि कतै उनी रिसाउनी हो कि, यस्तै गन्थन मनभरी गुम्सिएको थियो । आजको दिन म उनी सँगै बिताउन चाहन्थे । बिहानको खाना खाएर एकैछिन आराम गरेपछि टेबल बाट मोबाईल उठाएर उनको नम्बर डायल गरे। फोन को टूर-टूर घण्टी सँगै हर्टबिट पनि बढीरहेको थियो। फोन उठाउँदै उनी कोइलीको जस्तो मधुर आवाजमा भन्छीन “अ भन” । “तयार भयौ...

हाम्रो पसलको नामी पनीर

बुद्धभुमी नगरपालिका २, गोरुसिङ्गे निवासी श्री भेषरज पाण्डेलाई ऐले भ्याइ नभ्याइ छ। एक समयमा किराना तथा भाडा पसल जुन हाम्रो पसल नाम ले चर्चित थियो र हाल पनि चर्चित नै छ तर किराना तथा भाडा को लागि नभई दुग्ध परीकार को लागि अझै बढी यो नामको चर्चा परिचर्चा छ।  दुग्ध पारीकारका साथै देउराली दुध डेरीको नाम बाट  दिनहु करीब १५० लिटर देखी २५० लिटर सम्म दुध आसपासका कृषि फारम तथा स्थानिय किसानहरुबाट  सङ्कलन गरी बिक्री बितरण हुने गरेको पनि भेषराज जी बताउनुहुन्छ । दुधका पारीकारहरु बनाउन सिपालु भेषराज जी आफुमा भएको सीपको सदुपयोग गर्न साथै कृषिक्षेत्रलाई प्रवर्धन गर्न को लागि यो क्षेत्रमा आकर्षित भएको बताउनु हुन्छ। दुधका परीकारहरु घ्यु, कुराउनी, पनीर, दही, कके आदी खरिदको लागि बनगाइ,भेलाई, पथर्कोट, अर्घाखाँची, बुड्ढी, इमिलिया तथा चन्द्रौटा सम्मका ग्राहकहरु गोरुसिङ्गेको “हाम्रो पसल” मा धाउने गर्छन्। एकै ठाउँमा सबै परीकारहरु पाउने हुँदा ग्राहकहरु खुसी हुनुका साथै अन्एत्र धाउन नपर्ने हुँदा आफुहरुलाई सहज भएको बताउछन। दुध तथा दुधकापारीकार मात्र नभइ पूजा को सम्पूर्ण सामाग्री हरु पनि ए...

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा !

शान्तिदीप बोर्डिङ स्कुल प्रथम स्थानमा । बुद्धभुमी नगरपालिका ३ टाकुमा एनप्यबसन (NPABSAN) द्वार सन्चालित हाजिर जवाफ प्रतियोगितामा कपिलवस्तु, बुद्धभुमी नगरपालिका वडा न २ गोरुसिङ्गे को शान्तिदीप बोर्डिङ स्कुलले प्रथम पुरस्कार हात पार्न सफल भएको छ। मिती २०७५ मङ्शिर १४ गते बुद्धभुमी नगरपालिका ३ टाकुको रिभिरसाइड पब्लिक बोर्डिङ स्कुलमा भएको उक्त्त प्रतियोगितामा जिल्लाका अन्य धेरै स्कुलहरुले शहभागीता जनाएका थिए।

तपन जि. एम. को कबिता "एक जीवन अनेक रङ्ग"

“एक जीवन अनेक रङ्ग” मलाई रङ्ग मन पर्छ, यो अर्थमा मैले रङ्गहीनताको खुलेर बखान गर्न सक्छु । मलाई रङ्ग मन पर्दैन भन्नेहरु जीवनको एक कट्मैरो रङ्गसङ्ग जिन्दगी साट्छ्न , या” हरेक दिनका विसङ्गत साँझहरु, सङ्ग खै कुन तटको लालसा लिएर बाँच्छ्न । तर, यी रङ्गीन शहरहरुमा मान्छेहरु हाँस्न छोडेका छैनन् रुन छोडेका छैनन् अझ भनौं , बाँच्न छोडेका छैनन् मैले त जीवनको एक रङ्ग त्यहीँ बाचिदिएँ । हो, मलाई रङ्ग मन पर्छ । यसर्थमा,!! कि , मैले बचपनको काखमा एक बिहान निदाईरहदा खोपीको पर्दाको एक छेउबाट पहाडको लेकै-लेक भएर एक घाम बिहानी पख सुस्केरा हाल्दै मेरो घरको पारी…………. पट्टि समय ओढेर लतमन्न सुतेको आकाशमुनि सेतै हाँसीरहने धौलागिरी हिमालमा अढेस लाउन आएको देखेको छु । “घरको भित्तामा बर्षौदेखी एकै ठाउँमा सजिएको बा ‘को तस्विर जसरी ” चुपचाप, निर्लज्ज हाँसिरहने हिमाल सामु घामका लालीमाहरु सायद, आफ्ना इन्द्रेणी रङ्ग लेपन गर्छ्न । मैले पनि अर्को जीवनको एक रङ्ग फेरि त्यही बाँचिदिए ।” रङ्ग मन पर्नुको अर्को तीक्तता जिन्दगी र जीवन सङ्गको सम्बन्धले निर्धारण गर्दो...